Thursday, April 30, 2015

झन् झन् धेरै शव फेला पर्दै महाभूकम्पबाट मारिनेको संख्या ५ हजार ३ सय १० पुगेको छ ।

झन् झन् धेरै शव फेला पर्दै


महाभूकम्पबाट मारिनेको संख्या ५ 


हजार ३ सय १० 


पुगेको छ ।

पाँच दिन अघिको महाभूकम्पबाट मारिनेको संख्या ५ हजार ३ सय १० पुगेको छ । बुधबार मात्रै विभिन्न प्रभावित स्थानका खण्डहरबाट ९ सय शव निकालिए ।  तीमध्ये राजधानीका विभिन्न स्थानबाट  ४४ शब फेला परेका हुन । 

सशस्त्र प्रहरी बलले राजधानीका १६ स्थानबाट २८ जनाको शब फेला पारेको जनाएको छ । यस्तै नेपाली सेनाले भारत, चीन र पोल्याण्डको उद्धार तथा खोजी समहुसंग मिलेर १६ शब राजधानीमै फेला पारेको हो ।

 प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुरक्षा निकायबीच समन्वय र सक्रियताले मृतकहरुको शब फेला परेको बताए। 

'उपत्यका भित्र र बाहिर नै उद्धार गर्न नसकिएका प्रसस्त स्थानहरु छन्,त्यहा खोजी गर्न समय लाग्छ,' अर्यालले भने ।

- See more at: http://radiokantipur.org/kantipur-diary/15064/%E0%A4%9D%E0%A4%A8%E0%A5%8D-%E0%A4%9D%E0%A4%A8%E0%A5%8D-%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%88-%E0%A4%B6%E0%A4%B5-%E0%A4%AB%E0%A5%87%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88/#sthash.EM28C53r.dpuf

No comments: