Wednesday, April 29, 2015

७ जिल्ला अति प्रभावित घोषणा/भूकम्पको जोखिम कम भएकाले सावधानीपूर्वक घर फर्किन सर्वसाधारणलाई आग्रह

७ जिल्ला अति प्रभावित घोषणा/भूकम्पको जोखिम कम भएकाले सावधानीपूर्वक घर फर्किन सर्वसाधारणलाई आग्रह



वैशाख १४, काठमाडौं । 


सरकारले मुलुकका ७ वटा जिल्लालाई अति प्रभावित घोषणा गर्दै ती जिल्लामा राहत तथा उद्दार तीव्र पार्ने जनाएको छ । सिन्धुपाल्चोक, काभ्रे, रसुवा, ललितपुरको उत्तरी दुर्गम भाग, गोरखा, धादिङ र नुवाकोटलाई अति प्रभावित घोषणा गर्दै राहत तथा उद्धार जारी राखिएको मुख्य सचिव लिलामणी पौडेलले जानकारी दिनुभयो । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव पौडेलले ती स्थानमा उद्धारका लागि हेलिकप्टर पठाइसकिएको बताउनुभयो । उहाँले भूकम्पको जोखिम कम भएको भन्दै घर फर्कन तर प्रारम्भिक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ ।

सचिव पौडेलले काठमाडौंमा देखिएको विद्युत तथा खानेपानी आपुर्तीको समयस्या भोली विहानसम्म सहज बनाउने तयारी भइरहेको जनाएको छ । मुख्यसचिव पौडेलले भूकम्प पीडितलाई आवश्यक परेको खण्डमा १२३४ नम्बरमा डायल गरी त्यहाँबाट प्राप्त हटलाईन नम्बरमा फोन गर्ने र आफ्नो समस्या टिपाउन सकिने जानकारी दिनुभएको छ । भूकम्पपछि महामारी देखिनसक्ने आशंकामा शव व्यवस्थापनमा समेत सरकार लागेको उहाँले बताउनुभयो । सचिव पौडेलले विभिन्न ११ मुलुकबाट राहत टोली नेपाल आइपुगेको समेत जानकारी दिनुभयो ।

- See more at: http://radiokantipur.org/kantipur-diary/15027/%E2%80%8B%E0%A5%AD-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE-%E0%A4%85%E0%A4%A4%E0%A4%BF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A5%8B%E0%A4%96%E0%A4%BF%E0%A4%AE-%E0%A4%95%E0%A4%AE-%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%B8%E0%A4%BE%E0%A4%B5%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%95-%E0%A4%98%E0%A4%B0-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%A3%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%86%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%B9/#sthash.OcpupKab.dpuf

No comments: